बुधबार, वैशाख १२, २०८१

ओझालाई रिहा गर्न नेविसङ्घको माग

नेपालखोज २०७७ कार्तिक १३ गते २१:४३

बलेवा । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गरेका छन् । विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नविसङ्घको जिकिर छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीतिक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाए ।

प्रतिक्रिया