शुक्रबार, चैत १६, २०८०

आईपीएल २०२० : मुम्बई प्ले अफमा पुग्ने पहिलो टिम बन्याे

नेपालखोज २०७७ कार्तिक १४ गते ६:४०

एजेन्सी । युएईमा जाराी इन्डियन प्रिमियर लिग (आईपीएल) टि-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।

यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

तालिकाको पुछारमा रहेको चेन्नईले कोलकतालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।

तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौंथो स्थानको किङ्ग्स इलाभेन पन्जाब र पाँचौ स्थानमा रहेको कोलकताको समेत सम्भावना छ । पन्जाब र कोलकताले १२ खेलमा समान १२र१२ अंक जोडेका छन् ।

सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०र१० अंक जोडेका छन् । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो । यूएईमा आईपीएलको १३ औं संस्करण चलिरहेको छ ।

प्रतिक्रिया