बुधबार, वैशाख १२, २०८१

युरोपा लिग : टोटनहम रोयल आन्टवेर्पसँग १-० गोल अन्तरले पराजित

नेपालखोज २०७७ कार्तिक १४ गते ६:५०

एजेन्सी । प्रिमियर लिग क्लब टोटनहम युरोपा लिग फुटबलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटनहम रोयल आन्टवेर्पसँग १-० को झिनो अन्तरमा पराजित भएको हो ।

घरेलु टोली आन्टवेर्पको जितका लागि खेलको एक मात्र निर्णायक गोल लिओर रेफालोभले गरे । उनले खेलको २९औं मिनेटमा एमबोकानीको पासमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् ।

पहिलो हाफमा टोटनहम १-० गोलले पछि परे पनि दोस्रो हाफमा गोल फर्काउन भने सकेन । दोस्रो हाफमा पहिलो रोजाइका खेलाडी मैदान छिराए पनि गोल गर्न नसक्दा टोटनहम आन्टवेर्पसँग १-० ले पराजित हुन पुगेको हो । यस जितसँगै सुरुवाती दुई खेलमा जित निकालेको आन्टवेर्पले समूह जेमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यता पराजित टोटनहम भने तीन अंकसहित दोस्रो स्थानमा छ । टोटनहमले समूहको पहिलो खेलमा जित निकालेको थियो ।

यसै समूहको अर्को खेलमा लास्कले लुडोगोरेट्सलाई पराजित गर्दै पहिलो जित निकालेको छ । घरेलु मैदानमा दस खेलाडीमा समेटिएको लास्कले लुडोगोरेट्सलाई ४(३ ले पराजित गर्दै समूहमा पहिलो जित निकालेको हो ।

प्रतिक्रिया