बिहीबार, वैशाख १३, २०८१

टर्की र ग्रिसको टापुमा शक्तिशाली भूकम्प : २२ जनाको मृत्यु

नेपालखोज २०७७ कार्तिक १५ गते ७:४०

एजेन्सी । टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ ।

टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ।

तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ।

भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया