शुक्रबार, वैशाख ७, २०८१

कोरोना अपडेट : विश्वभर ३ करोड ३२ लाख बढी मानिस डिस्चार्ज

नेपालखोज २०७७ कार्तिक १५ गते १०:४४

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट ४ करोड ५९ लाख बढी संक्रमित भइसकेका छन्। वल्र्डोमिटर्सका अनुसार विश्वमा ४ करोड ५९ लाख बढी संक्रमित भइसकेका छन् भने ३ करोड ३२ लाख ५२ हजार २१८ मानिस निको भइसकेका छन्।

गत डिसेम्बर महिनाको अन्तिमदेखि फैलिएको भाइरसबाट अमेरिकामा सबभन्दा बढी संक्रमित भएका छन्। शुक्रबार १ लाख १ हजार ४६१ संक्रमित भेटिएसँगै अमेरिकामा हालसम्म ९३ लाख १६ हजार बढी संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ६० लाख २४ हजार बढी निको भएर कोरोनामुक्त भएका छन् भने २ लाख ३५ हजार बढीले ज्यान गुमाएका छन्।

अमेरिकापछि भारतमा बढी संक्रमित देखिएका छन्। भारतमा ८१ लाख ३७ हजार बढी संक्रमित भेटिइसकेका छन्। जसमध्ये १ लाख २१ हजार बढीले ज्यान गुमाएका छन् भने ७४ लाख ३२ हजार बढी निको भइसकेका छन्।

यसैगरी ब्राजिलमा ५५ लाख १६ हजार ६५८ मानिस संक्रमित भइसकेका छन्। शुक्रबार मात्र २३ हजार १२६ नयाँ संक्रमित थपिएका हुन्। संक्रमितमध्ये ४९ लाख ८७ हजार ४३५ निको भएका छन् भने १ लाख ५९ हजार ४७७ निको भइसकेका छन्।

पछिल्लो समय युरोपमा संक्रमण तीव्र बनेको छ। शुक्रबार रुसमा १८ हजार २८३ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या साताभरिकै सबभन्दा बढी हो। त्यस्तै फ्रान्समा ४९ हजार २१५ थप संक्रमित भेटिएका छन्। संक्रमण बढेसँगै फ्रान्समा दोस्रो चरणको लकडाउन घोषणा भएको छ।

शुक्रबार स्पेनमा पनि साताभरिकै बढी संक्रमित भेटिएका छन्। शुक्रबार स्पेनमा २५ हजार ५९५ नयाँ संक्रमित भेटिएका हुन्। त्यस्तै बेलायतमा २४ हजार ४०५ नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो समय तीव्र संक्रमण फैलिन थालेपछि युरोपका कतिपय मुलुकले कडा प्रतिबन्धसँगै पुनः लकडाउन समेत गर्न थालेका छन्।

प्रतिक्रिया