बिहीबार, चैत १५, २०८०

११ लाख नगदसहित ललितपुरबाट १८ जुवाडे पक्राउ

नेपालखोज २०७७ कार्तिक १६ गते ११:१०

ललितपुर । ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको २ तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराए । पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया