शुक्रबार, वैशाख १४, २०८१

रणवीरलाई दिपिकाले यी ३ काम गर्न रोक लागएकी छिन् !

नेपालखोज २०७७ कार्तिक १६ गते १३:५६

काठमाडाैं । बलिउड चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण को जोडीलाई लोकप्रिय जोडी मानिन्छ । उनीहरुले ६ वर्ष लामो प्रेमसम्बन्धलाई १४ नोभेम्बर २०१८मा विवाह परिणत गरेका हुन् । उनीहरू इटालीमा विवाह बन्धनमा बाँधिएका थिए।

उनीहरुको वैवाहिक जीवन यतीबेला राम्रै चलिरहेको छ । रणभीर अवार्ड सो अथवा विभिन्न कार्यक्रममा आफ्नी श्रीमती दिपिकाको खुलेरै प्रशंसा गर्छन् । रणवरिको यो बानी निकै मन पर्ने दिपिका बताउदै आएकी छिन् ।

एक अन्तरवार्तामा रणवीरले आफ्नी श्रीमती दिपिकाले आफूलाई तीनवटा काम गर्न रोक लगाएको बताएका छन् । उनले धेरै नै ढिला भएको अवस्थामा बाहेक राति घर बाहिर बस्न रोक लगाएको, खाना नखाइ घरबाट ननिस्क र फोन कल मिस गर्न रोक लगाएको बताएछन्।

उनले दिपिकाको यस सर्तको पालना गर्दै आइरहेको बताएका छन्। रणवीरका अनुसार दिपिकाको स्वभाव एकदमै घरेलु छ र उनले सबैको रेखदेख गर्छिन्। दिपिका राम्रो गृहिणीसमेत भएको रणवीरको भनाइ छ।

प्रतिक्रिया