शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकद्वारा सोमबार एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री

नेपालखोज २०७७ कार्तिक १६ गते १४:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार भोलि अपरान्ह २ बजेसम्ममा वाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल गर्न लागिएको हो ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड रुपैयाँको रहेको छ भने ३ सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ माघ २० गते तोकिएको छ भने ३ सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कार्तिक १६ गते तोकिएको छ । यसअघि यही कार्तिक ६ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड र ३ सय ६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया