शुक्रबार, चैत १६, २०८०

नेपाली एसी ब्राण्ड टेस्लाको सम्पदा अंकित नयाँ मोडल अब बजारमा

नेपालखोज २०७७ कार्तिक १६ गते १६:४०

काठमाडौं । इलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर)ले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ ।

टेस्लाका नयाँ उत्पादनमा नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भूनाथ स्टुपाका चित्र कोरिएको छ, जसले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रवाह गर्नेछ। असोज २९ गतेबाट बजारमा आएको सम्पदा अंकित एसीले घर वा अफिसको भित्तामा नेपालीपनको गौरवलाई समेत बढाउनेछ।
लामो समयदेखि आयात निर्यातको काम गरिरहेको भू लक्ष्मी ग्रुप प्रालिले टेस्लाको उत्पादन तथा विक्री गर्दै आएको कम्पनीका सिइओ किरण आचार्यले बताए। भू लक्ष्मी ग्रुप प्रालि आइ एस ओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो।

विश्व बजारका स्तरीय एयर कन्डिसनरसँग प्रतिस्पर्धा गर्ने गुणस्तर भएको र सम्पदा अंकित डिजाइनले गर्दा नेपाली ब्राण्ड हुनुको गर्व बढाउने आचार्यको दाबी छ। टेस्ला एसीको मोबाइल एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छन्।

ऊर्जामैत्री उत्पदनः
यसमा ऊर्जा खपतको अनुपात ३ः५३ रहेको छ। जसले यो एसी उर्जामैत्री छ भन्ने देखाउँछ। ऊर्जामैत्री भएका कारण बिजुलीको खपत कम भई खर्च कम हुने बताइएको छ।

टर्बो मोडलः
यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या हुने छैन। यसको टर्बो मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने आचार्यले बताए।

कोठाको तापक्रमअनुसार स्वचालितः
एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफैं पत्ता लगाउँछ। यसपछि यो एसीले कोठाको परिबर्तित तापक्रमअनुसार आफै‌ काम गर्न थाल्छ ।

तामाको तारको प्रयोग तुलनामा रूपमा महङ्गो भएपनि दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प रहेको बताइएको छ।

मुख्य कार्यालय चितवन रहेको कम्पनीको कर्पोरेट अफिस काठमाडौ‌मा रहेको छ। डिलरसिप लिन चाहने कम्पनीले ९८०११६४३६७ मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया