शुक्रबार, वैशाख १४, २०८१

कर्णालीमा तिहारअघि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

नेपालखोज २०७७ कार्तिक १६ गते २०:५९

सुर्खेत । कर्णाली प्रदेशमा तिहारअघि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा छन् ।

मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई जना मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। आइतबार मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भए पनि केन्द्रबाट तत्काल नगर्न निर्देशन आएकाले रोकिएको बताइएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुसँग मुख्यमन्त्रीले तीन वटा मन्त्री र दलको सचेतक दिने सहमति भएपछि उनीहरु अविश्वासको प्रस्तावबाट पछि हटेका थिए । जसअनुसार मुख्यमन्त्री शाहीले नेपाल निकट सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्ति गरिसकेका छन् ।

प्रतिक्रिया