बुधबार, वैशाख १२, २०८१

नेपाल एसबिआई मर्चेन्टको साधारण सभा कार्तिक २७ गते तय

नेपालखोज २०७७ कार्तिक १७ गते १२:०३

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २७ गते पाचौँ वार्षिक साधारण सभा तय गरेको छ । नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालयको सभाहल(केशरमहल काठमाडौँमा बिहान ११ बजे सभा बोलाइएको छ । कम्पनीको कार्तिक २ गते आइतबारको दिन सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार सभा तोकिएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू उपर सभामा छलफल गरी पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया