शुक्रबार, वैशाख ७, २०८१

माउन्टेन इर्नर्जी हाईड्रोको १९ करोड ६८ लाख रुपैयाँको साधारण सेयर कार्तिक २६ गतेबाट

नेपालखोज २०७७ कार्तिक १८ गते १५:५३

काठमाडौं । माउन्टेन इर्नर्जी नेपाल लिमिटेडले यही कार्तिक २६ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीका अनुसार जारी पुंजीको १० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न लागिएको हो ।

बिक्री गरिने कुुल सेयर मध्येमा २ प्रतिशत अर्थात ३९ हजार २ सय ६१ कित्ता कम्पनीका कार्यरत कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ९९ हजार ४ सय एक कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता सर्वसाधारणको लागि बिक्री गरिने छ । अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी एक अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुंजी भने एक अर्ब ५७ करोड ४४ लाख २१ हजार ६ सय रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी एक अर्ब ७७ करोड १२ लाख २४ हजार ३ सय रुपैयाँ पुग्ने छ ।

सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा मंसिर २ गते र ढिलोमा मंसिर १० गते बन्द हुने छ ।

प्रतिक्रिया