शुक्रबार, वैशाख ७, २०८१

मंगलबार नेप्सेमा सामान्य सुधार, ५.४० बिन्दुले उकालो लाग्यो

नेपालखोज २०७७ कार्तिक १८ गते १७:२६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा मंगलबार भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक मंगलबार १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर रु २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०।२७ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा सोमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ३ लाख २१ हजार ५३२ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ८ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु ८ करोड ४ लाख ४९ हजार, एचआइडिसीएल रु ६करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु ५ करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु ५ करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मंगलबार विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए । त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया