शुक्रबार, वैशाख ७, २०८१

कर्मचारीमा कोरोना पुष्टि भएपछि केआइसिंह गाउँपालिका बन्द

नेपालखोज २०७७ कार्तिक १९ गते १०:५१

डोटी । जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

नागरिकता प्रमाणपत्रका लागि दिइने सिफारिस, जन्मदर्तादेखि अन्य सेवा लिने सेवाग्राहीलाई निकै समस्या भएको स्थानीयवासी पदमबहादुर कार्कीले बताए । उनले भने, “कर्मचारीमा कोरोना सङ्क्रमण भएको भन्दै गाउँपालिकाले सम्पूर्ण सेवा बन्द गरेको छ, सेवाग्राहीलाई समस्या भएको छ ।” गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

प्रतिक्रिया