अब होम आइसोलेसनमा बस्नेहरुलाई परामर्श दिने जिम्मा ल्याबको
नेपालखोज
२०७७ कार्तिक १९ गते १९:२७

काठमाडौं । सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको छ । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयको तथ्यांकअनुसार हाल ३० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरुले निगरानी गर्ने निर्णय भएको थियो । तर यो कार्यान्वयन हुन नसकेपछि प्रयोगशालाको जिम्मा दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया