शुक्रबार, वैशाख ७, २०८१

कवाडी गोदाममा आगलागी

नेपालखोज २०७७ कार्तिक १९ गते २१:२०

लहान । सिरहाको लहान नगरपालिका –३ स्थित एक कवाडी गोदाममा आज आगलागी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको छ ।

लहान – ३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए। आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन् ।

प्रतिक्रिया