शुक्रबार, वैशाख ७, २०८१

पहाडी भेगमा सामान्य वर्षाको सम्भावना

नेपालखोज २०७७ कार्तिक २० गते ७:४१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडीबाहेक अन्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ । आज पहाडी भेगको एकरदुई स्थानमा भने सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १र२ स्थानमा सामान्य खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज देशको अन्य स्थानको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ ।

आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया