नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिँदै
नेपालखोज
२०७७ कार्तिक २० गते ७:५७

काठमाडौं । हिजोे नेपाल भ्रमणमा आएका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनरल नरवणेलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।
नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न हिजो नेपाल आएका नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको छ । भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए।
सम्बन्धित
प्रतिक्रिया