शनिबार, वैशाख ८, २०८१

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन निर्देशन

नेपालखोज २०७७ कार्तिक २० गते ९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

बुधबार बोर्डका पदाधिकारीसँगको छलफल गर्दै मन्त्री पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा परीक्षा सञ्चालनको तयारी गर्न बोर्डलाई सो निर्देशन दिएका हुन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म कक्षा १२ को परीक्षा हुँदैछ ।

परीक्षाको सन्दर्भमा विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डेटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन शिक्षामन्त्री पोखरेलले निर्देशन दिएका छ्न् ।

बोर्डले यसअघि नै विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियो । तर अनलाइन परीक्षासम्बन्धी स्पष्ट ढाँचा कस्तो हुने अन्यौल छ । यसवर्ष कक्षा १२ को परीक्षा अन्तर्गत ४० प्रतिशत प्राप्ताङ्कका आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ ।

लामो समयको गृहकार्य र अन्यैलपछि झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया