शनिबार, चैत ११, २०७९

भोलीका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपालखोज २०७७ कार्तिक २० गते २०:०१

काठमाडौं । भोलीका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । हिजो बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पार्टीमा जारी विवाद समाधानबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

पदाधिकारी बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले भालीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेका लागि सारिएको जानकारी दिए ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको आज भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः ३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया