शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी राष्ट्रपतीय निर्वाचन : बाइडेनको अग्रता कायमै

नेपालखोज २०७७ कार्तिक २१ गते ७:०७

एजेन्सी । अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको अग्रता कायमै छ । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।

जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाएका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाएका थिए । अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाएका छन् । केही राज्यमा मत गणना भैरहेको छ । फाइनल नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ ।

राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो परिणाम अनुसार बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया