बुधबार, चैत १५, २०७९

ललितपुरमा ९ बर्षिय बालिका बलात्कृत, प्रहरीले थाल्यो अनुसन्धान

नेपालखोज २०७७ कार्तिक २१ गते १४:५२

काठमाडौं । ललितपुरमा नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसैगरी सप्तरीमा पनि ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका ४ बाँसघारी बस्ने ४५ वर्षीय सोगिन्दर रामलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यससम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया