शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा ३१५ सङ्क्रमित थपिए

नेपालखोज २०७७ कार्तिक २१ गते २१:३५

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार १९७ जनाको पिसिआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका सात जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ ।

प्रदेशमा सोही अबधिमा ३५० जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ६७ हजार ३०० सयको पिसिआर परीक्षण गरिएको थियो छ ।

प्रतिक्रिया