शुक्रबार, वैशाख ७, २०८१

आईपीएल २०२० : हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश

नेपालखोज २०७७ कार्तिक २२ गते ७:२७

एजेन्सी । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यूएईमा राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।

शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए ।

एडम जाम्पा र युजभेन्द्र चाहलले १ र १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रतिक्रिया