शुक्रबार, वैशाख १४, २०८१

फस्ट माइक्रोफाइनान्सको मंसिर १८ गते साधारण सभा (एजेण्डा सहित)

नेपालखोज २०७७ कार्तिक २३ गते १५:२७

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले अम्रपाली ब्याक्वेटमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

साधारण सभाले गत आवबाट प्रस्ताव भएको ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी फस्ट माइक्रोफाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले मंसिर ५ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार आगामी मंसिर ४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहन आउने शेयरधनीहरुले लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता प्रतिनिधित्व जनाउन सक्नेछन् ।

प्रतिक्रिया