शनिबार, जेठ ५, २०८१

प्रदेश १ मा आज एकैदिन ६०० सङ्क्रमित डिस्चार्ज

नेपालखोज २०७७ कार्तिक २३ गते १९:३९

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएकामा मोरङमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

प्रदेशमा आज नै ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया