बिहीबार, वैशाख १३, २०८१

कुमारी बैंकले तीन महिनामा कमायो ६० करोड रुपैयाँ खुद मुनाफा

नेपालखोज २०७७ कार्तिक २४ गते १२:४८

काठमाडौं । कुमारी बैंकको खुद मुनाफा बढेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार ७ सय ८९ रुपैयाँ खुद मुनाफा कमाएको कुमारीले चालु आवको पहिलो त्रैमासमा भने ६० करोड २५ लाख ४३ हजार ८ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

चुक्ता पुंजी १२ अर्ब ५२ करोड ४९ हजार ४ सय ६९ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब १७ अर्ब २ करोड ६० लाख १७ हजार ९ सय ६५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ३२ करोड ५२ लाख ६८ हजार एक सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३१ करोड ५६ लाख ९५ हजार ८ सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर ४ दशमलव ३६ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको बितरणयोग्य नाफा भने २५ करोड ९१ लाख ३२ हजार २ सय ७१ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार ५ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड ८५ लाख ४९ हजार २ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५ प्रतिशत रहेको थियो भने स्प्रेड दर ३ दशमलव ७५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया