शनिबार, वैशाख १५, २०८१

काठमाडौं उपत्यकामा एक हजार ४ सय १८ जना कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ कार्तिक २४ गते १६:३५

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप एक हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार १२ सय ६ जना, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस्तै, सोमबार नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म एक लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै १७९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया