शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमितलाई उपचार र परामर्श दिन ‘टेली मेडिसिन’ सुरु

नेपालखोज २०७७ कार्तिक २५ गते ८:१४

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार गर्न १४ जना चिकित्सकको टोलीसहित ‘टेली मेडिसिन’  सेवा सुचारु गरेको छ।

तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएस लगायत अन्य सुविधा प्रयोग गरी संक्रमितको उपचार गर्न अन्य स्वास्थ्यकर्मीलाई सल्लाह दिने भएका छन्। सोमबार बसेको सचिव स्तरीय बैठकले टेली मेडिसिनका बिषयमा निर्णय गरेको स्वास्थ्य मन्त्रालयलले एक विज्ञप्तीमार्फत जनाएको छ।

प्रदेशभित्र अस्पतालहरूका चिकित्सकहरूले सम्बन्धित अस्पतालको ‘टेली मेडिसिन’  हब अस्पताल र प्रदेश अस्पतालका चिकित्सकहरुले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग सम्पर्क गरी सल्लाह लिनुपर्नेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पास पोखरा, सेती प्रादेशिक अस्पताल धनगढी, भरतपुर अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, वीर अस्पताल, कोशी अस्पताल विराटनगर, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालमा यस्तो सेवा उपलब्ध हुनेछ। अस्पतलमा तोकिएका चिकित्सकलाई सम्पर्क गरी जानकारी लिनुपर्नेछ।

प्रतिक्रिया