शुक्रबार, चैत १६, २०८०

कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

नेपालखोज २०७७ कार्तिक २५ गते ८:३०

काठमाडौं । सर्वोच्च अदालतको निर्णय र चौतर्फी दबाबपछि सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले निस्शुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनेछ । यसअघि सरकारले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कोरोना संक्रमितले नै उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले निस्शुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको निस्शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो ।

प्रतिक्रिया