बिहीबार, वैशाख १३, २०८१

चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्य दुतसँग चेम्बरका प्रतिनिधीको भेट

नेपालखोज २०७७ कार्तिक २५ गते १३:०९

काठमाडौं । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्य दुत तथा संघका पदाधिकारीहरु बीच सोमबार भेटघाट गरी व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरज्यूले नेपाल र तिव्वत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्नु हुँदा संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना र समस्याहरु बारे जानकारी दिए । संघले तिव्वतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढीरहेको कुरा बताए ।

अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्ण रुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध गरेका छन् । दुई देश बीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनु पर्ने, चीन सरकारद्वारा ८०३० नेपाली उत्पादनमा प्रदान गरिएको शुन्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलिकरणका लागि अनुरोध गरे । साथै नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्विकार नगरीने, दुई देशको भन्सार कोर्डमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको गरिनु आदि प्रक्रियालाई एकरुपमा बनाई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिए ।

छलफलका क्रममा नवनियुक्त महावाणिज्यदुत नवराज ढकालले आफुले दुई बीचको व्यापार प्रवद्र्धन तथा समस्याहरु समाधानका लागि प्रयास गर्ने बताए । साथै संघद्वारा प्रदान गरिएका सल्लाह सुझाव अत्यन्त महत्वपूर्ण रहेको र दुई देश वीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवद्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरु मार्फत दुई देशबिचको विविध सम्बन्ध सुदृण गर्ने बताए ।

प्रतिक्रिया