शुक्रबार, चैत १६, २०८०

बैंकिङ कसुरका फरार अभियुक्त शाह पक्राउ

नेपालखोज २०७७ कार्तिक २५ गते १३:४०

काठमाडौं । बैैकिङ कसुर मुद्धाका फरार अभियुक्त शुुर्यप्रसाद साह पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) अनुसार सप्तरीको बलान बिहुुल गाउँपालिका वडा नम्बर ५ रामनगर स्थायी घर भएका ३२ बर्षिय साहलाई सोमबार काठमाडौंको बानेश्रस्थित भेनस अस्पताल अगाडिबाट पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार काठमाडौं विश्वबिद्यालय स्कुुल अफ मेडिकल साईन्सेजमा एमबिबिएस गर्दा लाग्ने नेपाल सरकारले तोकेको रकम मध्ये प्रथम किस्ता बापतको रकम १३ लाख ४१ हजार रुपैयाँ काठमाडौं विश्व बिद्यालयको नेपाल इन्भेष्टमेन्ट बैंक बनेपा काभ्रेपल्चोकमा रहेको खातामा जम्मा गर्नुपर्नेमा साहले महालक्ष्मी विकास बैंक बानेश्वर शाखाको चेक नम्बर भि ००९४०० ५१९३ को चेक भुक्तानीको लागि काठमाडौ विश्वबिद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको बनेपा शाखामा दिएका थिए ।

तर उक्त चेकमा पर्याप्त रकम मौज्दात नरहेको भनि बैकबाट चेक बाउन्स भएको भनि फिर्ता भएकाले काठमाडौं विश्व बिद्यालयले उक्त चेक बाउन्स भएको सम्वन्धमा बैंकिङ कसुर शिर्षकमा जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कसुर मुद्धा दर्ता गराएको थियो । सो लगत्तै फरार रहेका प्रतिवादी साहलाई पक्राउ गरी दाखिला गरिदिन जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट आएको पत्र अनुसार साहलाई पक्राउ गरी थप कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया