मंगलबार, वैशाख ४, २०८१

गण्डकीमा १६६ सङ्क्रमित थपिए, एकको मृत्यु

नेपालखोज २०७७ कार्तिक २५ गते २०:२७

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका—९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ४४४ पुगेको छ ।

प्रतिक्रिया