बिहीबार, चैत १५, २०८०

यस वर्ष भाइटीकामा दुई दिन सार्वजनिक बिदा

नेपालखोज २०७७ कार्तिक २६ गते ९:२४

काठमाडौं । यस वर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो । नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।

यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन् ।

नेवाः समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

प्रतिक्रिया