सिटिजन लाइफमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा “क्यारियर विकास”तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूमएप मार्फत “क्यारियर विकास र एम्.डी.आर.टी तालिम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस तालिमको आवश्यक्ता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारेका थिए । यसका साथै उनले यस तालिमबाट पुरा लाभलिन सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए ।
उक्त कार्यक्रमका मुख्य तथा अन्तराष्ट्रिय प्रशिक्षक बिजयकुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै “एम्.डी.आर.टी”लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुकाबारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिकरुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो । तीन घण्टाको कार्यक्रम अत्याधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।
समापनको अबसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैब अग्रसर रहने बताउँदै “एम्.डी.आर.टी” जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पु¥याउने बताए । ठूलो सपना देख्नु आवश्यक छ र सपना प्राप्त गर्न कौशलता अत्यन्तै जरुरी छ जुन यस्ता तालिमबाट प्राप्त हुन्छ भन्ने उनको भनाई थियो । उनले आगामी दिनहरुमा पनि थप उर्जाका साथ काम गरी व्यवसायिक लक्ष्य हासिल गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे र कम्पनीले नियमितरुपमा यस प्रकारको तालिम गर्दै जाने समेत बताए ।

प्रतिक्रिया