शुक्रबार, वैशाख ७, २०८१

MANRS मा हस्ताक्षर गर्ने पहिलाे ISP सुविसु

नेपालखोज २०७७ कार्तिक २६ गते १९:०४

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुविसुले राउटिङ सुरक्षा सम्वन्धी व्यवस्था (MANRS) मा हस्ताक्षर गरेको छ ।

MANRS इन्टरनेट सोसाइटीले सुरु गरेको राउटिङ सुरक्षासम्वन्धी परामर्श दिने Global Initiative हो, जसले Internet Routing मा हुने समस्याहरूलाइ दिर्घकालीन रूपमा समाधान गरी Routing Security सम्वन्धी सुरक्षित तिरकाले काम गर्न ठूलाे भूमिका खेल्दछ ।

नेपाल दूरसञ्चार प्राधिकरणकाे साइबर सुरक्षा कानूनमा MANRS लाइ हरेक ISP, NSP तथा Telcos ले अनिवार्य रूपमा Implement गर्नुपर्ने प्रावधान राखेकाे छ । जसमा सुविसुले पहिलाे हस्ताक्षर गरेकाे हाे ।

Internet जगतमा हरेक दिन Cyber सुरक्षासम्वन्धी थुप्रै खालका घटनाहरू घटिरहेका हुन्छन् । जसले गर्दा Global Internet मा नै विभिन्न समस्याहरू आइपर्ने हुन्छ । जस्तै Route Hijacking, Route Leak, IP Address Spoofing लगायतका नकारात्मक गतिविधिहरूले गर्दा DDOS Attack, Traffic Inspection, Loss of Revenue, Reputational Damage जस्ता समस्याहरू निम्त्याउँछ र एउटा ISP काे Routing समस्याले Global Internet जगतमै व्यापक समस्याहरू आउँने हुँदा यस्ता समस्यालाइ समाधान गर्नका लागि MANRS काे Global Initiative मा हस्ताक्षर गरिएकाे हाे ।

प्रतिक्रिया