शनिबार, वैशाख १५, २०८१

नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा पोखरा महानगरपालिका शुर सिंहको मृत्यु

नेपालखोज २०७७ कार्तिक २७ गते १४:३४

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुठ्ठे लामाले कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठ्ठे लामालाई पक्राउ गरेको हो ।

बाँकेमा पनि आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका ८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया