शुक्रबार, वैशाख १४, २०८१

दक्षिणकाली नगरपालिकाबाट अवैध सामान बरामद

नेपालखोज २०७७ कार्तिक २७ गते १५:३५

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका ५ सय थान गणेश र लक्ष्मीका ससाना मूर्ति, १ थान पूजाको थाली र २३ प्याकेट विभिन्न किसिमका पटाका बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सवारी साधनहरू जाँच गर्ने क्रममा बीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज १७७७ नम्बरको टाटासुमो गाडीको छतमा प्लाष्टिकको बोराभित्र राखि ल्याएको अवस्थामा उक्त सामानहरू बरामद गरेको हो । सामान ल्याउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया