शुक्रबार, वैशाख ७, २०८१

सुविसुको मुभि अन डिमाण्ड मंसिर १ बाट, सुरुवातमै लक्ष्मीको प्रिमियर

नेपालखोज २०७७ कार्तिक ३० गते १४:४३

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुविसुले क्लियर टिभीमार्फत् लक्ष्मी फिल्मको यही मंसिर १ गते प्रिमियर गर्दैछ ।

क्लियर टिभीको च्यानल १११(एचडी) र ११२ (एसडी)मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्म देखाएर गर्दैछ । यस च्यानलमार्फत् फिल्म घरमै बसीबसी हेर्न सक्ने बताइएको छ । साथै, भविष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ ।

सुविसुले जारी गरेको प्रेस विज्ञप्तीमा ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नुहुनेछ । वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ । विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिकता दिँदै कम्पनीले यो सेवा सुचारु गरेको बताइएको छ ।

प्रतिक्रिया