मंगलबार, वैशाख ११, २०८१

लकडाउनका बेला विदेशबाट फर्केकाको लगत संकलन गरिँदै

नेपालखोज २०७७ मंसिर ३ गते २०:०५

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमणका बेला स्वदेश फर्केका व्यक्तिहरुको लगत संकलन गर्ने भएको छ । २०७७ मंसिर १३ गते भित्र विदेशबाट नेपाल आएका १८ वर्षदेखि ५९ वर्षसम्म व्यक्तिको लगत संकलन गर्न लागिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आफ्नो क्षेत्रमा बसोबास गर्ने विदेशबाट फर्केका नागरिकको लगत संकलन गरी मन्त्रालयको पठाउन निर्देशन दिएको छ ।
स्थानीय तहलाई निर्देशन दिँदै मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले पठाएको पत्रमा विभिन्न मुलुकबाट रोजगारी गुमाएका र अध्ययय गरी फर्केका व्यक्तिहरुको लगत संकलन गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ ।
विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको÷अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ । कोभिड–१९ का कारणले हजारौं रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया