शुक्रबार, वैशाख १४, २०८१

नेप्सेले मार्यो छलाङ, कारोवार रकम वर्षकै उच्च

नेपालखोज २०७७ मंसिर ४ गते १६:१४

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेले छलाङ मारेको छ । अघिल्लो दिन २३ अंकले बढेको नेप्से आज एकै दिन ३६ अंकले बढ्दा कारोवार रकम झण्डै ६ अर्ब रुपैयाँ पुगेको छ । नेप्से आज ३६ दसमलव ३२ अंकले बढेर १७ सय ७८ दसमलव १२ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ९८ अंकले बढेर तीन सय ४३ दसमलव सात अंकमा चढेको छ । नेप्सेमा आज १ सय ९८ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४१ पटकको कारोवारमा एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ७१ अंकले बढेर १३ सय २२ दसमलव ४८ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक ३ सय ९९ दसमलव १६ अंकले बढेर ९ हजार ६ सय १० दसमलव ६३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३ सय ७६ दसमलव १५ अंकले बढेर ११ हजार १ सय २६ दसमलव ८६ अंकमा पुगेको छ । यी बाहेक बिकास बैक, जलबिद्युत, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय आठ रुपैयाँमा कारोवार हुँदा आज मेगा बैंकको संस्थापक तर्फ प्रतिकित्ता सेयर मुल्य चार प्रतिसतले घटेर एक सय २२ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता ११ सय १० रुपैयाँ अन्तिम मुल्यमा ४१ करोड आठ लाख ४५ हजार तीन सय १० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया