बुधबार, वैशाख १९, २०८१

पीएसजीलाई पराजित गर्दै मोनाको दोस्रो स्थानमा

नेपालखोज २०७७ मंसिर ६ गते ९:३५

एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो ।

पहिलो हाफमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजीले मोनाकोसँग हार बेहोरेको हो । पिएसजीका तर्फबाट एमबाप्पेले २५ र ३७ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । मोनाकोका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।

८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् । त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । लिग वानमा पीएसजीको यो तेस्रो हार हो ।

मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

लिग वानकै अर्को खेलमा रेनेसले बोर्डेअक्ससँग १–० को हार बेहोरेको छ । यो हारले रेनेसले दोस्रो स्थानमा उक्लने अवसर गुमाउदा बोर्डेअक्स १५ अंक जोडर ११औं स्थानमा उक्लिएको छ । रेनेस १८ अंक जोेडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया