शुक्रबार, वैशाख १४, २०८१

रोनाल्डोकाे दुई गाेलमा युभेन्टस विजयी

नेपालखोज २०७७ मंसिर ७ गते १०:०६

काठमाडाैं । इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार भएकाे खेलमा युभेन्टसले काग्लियारीलाई पराजित गरेकाे छ । फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेसँगै काग्लियारी पराजित भएको हाे ।

युभेन्टसले घरेलु मैदानमा २-० को जित दर्ता गर्दा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ८ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानको एसी मिलानले ७ खेलमा १७ अंक बनाएको छ । पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११ औं स्थानमा छ ।

प्रतिक्रिया