बिहीबार, वैशाख १३, २०८१

नुवाकोटबाट सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्त सम्मानित

नेपालखोज २०७७ मंसिर ७ गते २०:०७

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री दुलाललाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५र७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।

प्रतिक्रिया