शुक्रबार, वैशाख ७, २०८१

आज महादेवको पुजा आराधना गर्नुहोस् परिवारमा सुख शान्ति मिल्नेछ

नेपालखोज २०७७ मंसिर ८ गते ६:३७

आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा–आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ ।

कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।

प्रतिक्रिया