शुक्रबार, चैत १६, २०८०

सनराईज बैंकद्धारा ८ दसमलव २८ प्रतिसत लाभांस घोषणा

नेपालखोज २०७७ मंसिर ८ गते १५:४९

काठमाडौं । सनराईज बैंकले ८ दसमलव २८ प्रतिसत अर्थात ७४ करोड ३५ लाख ३४ हजार ७ सय ८६ रुपैयाँ ९१ पैसा बराबरको लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकको आईतबार भर्चुुअलरुपमा बसेको सञ्चालक समितीको ३ सय ५९ औं बैठकले हाल कायम रहेको चुक्ता पुंजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार तीन सय ४६ रुपैयाँ १० पैसा मध्येबाट उक्त अनुुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांस मध्येमा ५ दसमलव ८० प्रतिसत अर्थात ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर र २ दसमलव ४८ प्रतिसत अर्थात २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा बराबरको नगद लाभांस रहेको छ । बंैकले घोषणा गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया