शुक्रबार, वैशाख १४, २०८१

नेप्से सुचक र कारोवार रकम दुबै घट्यो

नेपालखोज २०७७ मंसिर ८ गते १६:००

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम आज सोमबार दुबै घटेको छ । नेप्से आज दुई दसमलव ३८ अंकले घटेर १७ सय ८० दसमलव ४३ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १२ अंकले घटेर ३ सय ४४ दसमलव ९५ अंकमा झरेको छ । १ सय ९९ कम्पनीहरुको ४६ हजार दुई सय ४० पटकको कारोवारमा १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६ सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएको ४ वटा समुहको सुचक बढेर ८ वटा समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ६ दसमलव ५ अंकले बढेर १३ सय ५७ दसमलव ९७ अंकमा चढेकोमा होटल समुहको सुचक पनि ७६ दसमलव ६९ अंकले बढेर २ हजार १ सय १० दसमलव ७९ अंकमा चढेको छ । यसैगरी टे«डिङ र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने १ सय २५ दसमलव ९७ अंकले घटेर नौ हजार २ सय ४१ दसमलव ५२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ८२ दसमलव ४ अंकले घटेर १० हजार ६ सय ६५ दसमलव ६५ अंकमा झरेको छ । यी बाहेक बिकास बैंक, जलबिद्युत, फाईनान्स, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रालीको प्रतिकित्ता सेयर मुल्य ९ दसमलव ९२ प्रतिसतले बढेर २ सय ७७ रुपैयाँको कारोवार हुंदा एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मुल्य ४ दसमलव ५४ प्रतिसतले घटेर ९ रुपैयाँ ६८ पैसामा कारोवार भएको छ । यसैगरी सबैभन्दा बढी रकम कारोवार गर्ने नेपाल बैंकको प्रतिकित्ता ३ सय ६८ रुपैयाँ अन्तिम मुल्यमा ३० करोड २२ लाख ७ हजार ४ सय ६३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया