शनिबार, वैशाख १५, २०८१

लमजुङबाट बारुदजन्य पदार्थ सहित ६ जना पक्राउ

नेपालखोज २०७७ मंसिर ८ गते १६:०४

लमजुङ । दोर्दी गाउँपालिका ८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका २ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारी लगायत ६ जनालाई करिब ५ सय ग्राम बारुदजन्य पदार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका-८ खिंचोक पास्वारा बस्ने मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्री सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया