शनिबार, वैशाख ८, २०८१

आज मुलुकभर थप १,९८० जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ मंसिर ८ गते १७:१२

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १,९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा १,९८० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,०४३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २,०२,०६७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको छ ।

प्रतिक्रिया