बुधबार, वैशाख १२, २०८१

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते

नेपालखोज २०७७ मंसिर ९ गते ९:५६

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।

वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्।

पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।

ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन।

दुर्घटनामा परी गम्भीर घाइते भएकी शिलाको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया